केएमसीको टोलीले ललितपुरमा गर्यो ६ सय ३३ बिरामीको उपचार, २२ जना निःशुल्क शल्यक्रिया गरिने

केएमसीको टोलीले ललितपुरमा गर्यो ६ सय ३३ बिरामीको उपचार, २२ जना निःशुल्क शल्यक्रिया गरिने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज(केएमसी)को स्वास्थ्य टोलीले ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

रोट्रयाक्ट क्लब बालकुमारीको आयोजनामा ललितपुर महानगरपालिका-७ को सहयोगमा श्री शान्ति विद्याश्रमको प्राङ्गणमा भएको शिविरमा ६३३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए।

बिरामीमध्ये ४४ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण र ९५ जनाको भिडियो एक्सरे गरिएको महाप्रबन्धक दाहालले बताए।

महाप्रबन्धक दाहालका अनुसार १७ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको र उनीहरुको निःशुल्क शल्यक्रिया गरिने छ।

नेपाली कांग्रेसका सांसदसमते रहेका अस्पताल सञ्चालक डा.सुनीलकुमार शर्माको समूहले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

Logo