काठमाडौं ।
काठमाडौं उपत्यकामा आज ३३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २४६, भक्तपुरमा ३४ र ललितपुरमा ५३ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९३ हजार १९२ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ४८६ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ४३५ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १६ हजार ११३ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ जना पुगेको छ । आज ८२१ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ । आज निको हुनेको संख्या ८४२ रहेको छ ।
आजको पिसिआर परीक्षण ५ हजार ४२३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ३६ हजार ४६४ रहेको छ । आज १० हजार ९५५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया