काठमाडौं उपत्यकामा आज ६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज ६८ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ४४२, भक्तपुरमा ९ हजार २१७ र ललितपुरका १६ हजार २५ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ६८४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ७१ हजार ७ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ३३८ जनाको परीक्षण गरिएको छ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९५९ जना पुगेको छ । आज १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ५९४ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ३३६ पुगेको छ ।

Logo