महेश्वरी युवामञ्चद्वारा रक्तदान कार्यक्रम आयोजना, १५० जना बढी सहभागी

महेश्वरी युवामञ्चद्वारा रक्तदान कार्यक्रम आयोजना, १५० जना बढी सहभागी

केन्द्रबिन्दु
9
Shares

महेश्वरी समाज तथा महेश्वरी युवामञ्च काठमाडौंले २९औं रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ । महेश नवमी २०२४ को अवसरमा मञ्चले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

काठमाडाैंकाे नक्सालस्थित केन्द्रीय कार्यालयकाे प्रांगणमा शनिबार आयाेजित रक्तदान कार्यक्रममा १५० भन्दा बढी मानिसहरुको सहभागिता रहेको थियो । आज संकलन भएका सम्पूर्ण रगत नेपाल रेडक्रस सोसाइटीलाई दान गरिने महेश्वरी युवामञ्च काठमाडौंका महासचिव मोहित सवानीले बताए ।

यस्तै, आजको कार्यक्रममा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ शिर्षकमा दुई टाेलीबीच बहस प्रतियोगिता पनि भएकाे थियाे । साथै नेपाल महेश्वरी महिला संगठनसँगकाे सहकार्यमा नेत्र दानकाे कार्यक्रम पनि आयाेजना भएकाे थियाे ।

महेश्वरी युवामञ्च काठमाडौंले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आइरहेको छ । यसका अतिरिक्त हरेक वर्ष बालबालिकालक्षित फुटबल, क्रिकेटका प्रतियोगिता गराउने, खेलकुद सामग्री प्रदान गर्ने, स्विमिङ गराउने, बहस प्रतियोगिता गराउनेलगायत क्रियाकलाप गर्दै आएकाे संस्थाकाे भनाई छ ।

Skip This
Skip This
Logo