नसा च्यापिएर बोल्नै नसक्ने बिरामीको केएमसीले गर्यो ४ घण्टामै सफल शल्यक्रिया

नसा च्यापिएर बोल्नै नसक्ने बिरामीको केएमसीले गर्यो ४ घण्टामै सफल शल्यक्रिया

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । काठमाडौँ मेडिकल कलेज (केएमसी) अस्पतालमा नसा च्यापिएर बोल्नै नसक्ने बिरामीको ४ घण्टामै सफल शल्यक्रिया भएको छ।

इन्टरभेसनल रेडियोलोजिष्ट एशोसिएट प्रोफेसर डा.पारस थापा नेतृत्वको टोलीले नसा च्यापिएर बोल्न नसक्ने अवस्थामा पुगेकी बुटवलका गोपाल सुनुवारकी श्रीमतीको ४ घण्टामै सफल शल्यक्रिया गरेको हो।

उनको देब्रे तर्फको नसा बन्द भएको र तार विधिबाट उपचार गरिएको केएमसी अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले केएमसीको नेतृत्व सम्हालेपछि अस्पतालले सेवा सुविधामा निक्कै सुधार गरेको छ।

सांसद शर्माले यस अगाडि देशभरका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुका साथै शल्यक्रिया गर्नुपर्ने बिरामीको पनि निःशुल्क शल्यक्रिया गरेको छन्।

Logo