कोरोनाबाट काभ्रेमा आज २ जनाको मृत्यु, ६ नयाँ संक्रमित थपिए

कोरोनाबाट काभ्रेमा आज २ जनाको मृत्यु, ६ नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज ६ जना संक्रमित थपिएका छन् । आज ३० जना निको भएका छन् । यस्तै २ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १०८ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १, बनेपाका ३, मण्डनदेउपुरका १ र पनौतीका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय १०८ पुगेको छ । निको हुनेको संख्या २९ सय ०४ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय ६४ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ४० पुरुष र १५ महिला गरी ५५ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् । आज दोलखाका ७७ वर्षिया महिलाको र पाँचखालका ५३ वर्षिय पुरुषको काभ्रेमा मृत्यु भएको छ ।

काठमाडौं उपत्यकामा आज ४८२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३८१, भक्तपुरमा ३२ र ललितपुरमा ६९ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९२ हजार ६८८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ४२७ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ३१७ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १५ हजार ४३२ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ जना पुगेको छ । आज ८९९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३४ हजार २३१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ३५९ रहेको छ ।

आजको पिसिआर परीक्षण ५ हजार २५२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख २५ हजार ८६० रहेको छ । आज ११ हजार ६७३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo