काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले पशुपति परिसरमा आयोजित कोटिहोम महायज्ञमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा आजदेखि केएमसीले साउन ३२ गतेसम्म सञ्चालन हुने कोटिहोम महायज्ञमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको हो । सात जना विशेषज्ञ चिकित्सकको टोलीले निःशुल्क उपचार सेवा प्रदान गर्ने केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।
चिकित्सकको टोलीले औषधिसमेत निःशुल्क उपलब्ध गराउने छ ।
साउन १ देखि पशुपति परिसरमा कोटिहोम महायज्ञ जारी छ । महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्री राम कथावाचक चन्द्रकला सखी र श्रीमदभागवतकी लोकप्रिय युवा कथा वाचिका देवीप्रतिभा लगायतले कथावाचन गरिरहेका छन् । भक्तजनको घुइँचो लागेको छ, त्यसैलाई मध्यनजर गर्दै केएमसीले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।





























प्रतिक्रिया