सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली बुढानिलकण्ठमा, ६३० जनाले गराए निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली बुढानिलकण्ठमा, ६३० जनाले गराए निःशुल्क उपचार

केन्द्रबिन्दु
18
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

जोशेफ हाइस्कुलको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ६३० जनाले उपचार गराएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका बिरामीमध्ये १०७ जनाको भिडियो एक्सरे, ६३ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण गरिएको थियो भने १५ जनाको दाँत निकालिएको थियो । त्यस्तै, २१ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

सांसद डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् । साथै त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

Logo