सांसद डा. सुनिल शर्माको पहलमा बालाजुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ६२१ जनाले गराए उपचार

सांसद डा. सुनिल शर्माको पहलमा बालाजुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ६२१ जनाले गराए उपचार

केन्द्रबिन्दु
27
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बालाजुमा सञ्चालन गरेकाे निःशुल्क स्वास्थ्य शिविरमा ६२१ जना बिरामीले सेवा लिएका छन् ।

शुक्रबार बालाजुस्थित दुग्ध वितरण आयाेजना कार्यालयकाे प्रांगणमा आयाेजना भएकाे निःशुल्क स्वास्थ्य शिविरमा ६२१ जना बिरामीले उपचार गराएकाे केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका बिरामीमध्ये ८२ जनाको ईसीजी, १०४ जनाको ल्याब परीक्षण र ९७ जनाकाे युएसजी परीक्षण गरिएको थियो भने २२ जनाको दाँत निकालिएको थियो । त्यस्तै, २७ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

यसअघि केएमसीको स्वास्थ्य टोलीले बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियाे । सांसद डा. शर्माले केएमसीकाे नेतृत्व सम्हालेलगत्तै देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् । साथै त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

Logo