काठमाडौँ । कपिलवस्तुको कृष्णनगरमा स्व.वक्तावारीदेवी गोयल कल्याणकारी कोषले शनिवार १ दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कपिलवस्तुको कृष्णनगरमा अवस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा उक्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको होे ।
बिहान ९ः३० बजेदेखि सुरु भएको उक्त स्वास्थ्य शिविरमा कृष्णनगरलगायत आसपासबाट आएका करीब ४५० जना विरामीहरूले आफ्नो स्वास्थ्य जाँच गराएका छन् । उक्त निःशुल्क स्वास्थ्य शिविरमा समान्य चिकित्सक, महिला रोग, हाडजोर्नी तथा नसारोग, बाल रोग, नाक कान घाँटी, रगत परीक्षण, दाँत तथा गिजा रोग, इ.सी.जी, छाला तथा यौन रोगलगायतका रोगहरूको निःशुल्क जाँच, परीक्षण तथा निःशुल्क औषधि वितरण समेत गरेको ट्रष्टका अध्यक्ष विश्वनाथ गोयलले बताए ।
शिविरमा जाँच गराएका विरामीहरूले भाद्र १७ गतेसम्म विभिन्न रोगको उपचारमा विशेष छुट तथा सहुलियत दरमा विरामी उपचार समेत गर्ने ट्रष्टका अध्यक्ष गोयलले बताए । यसअघि समेत निःशुल्क स्वास्थ्य शिविर, राहात वितरण, शैक्षिक सामग्री वितरण, वृक्षरोपणलगायत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको कोष गैरनाफामूलक सामाजिक संस्था हो ।































प्रतिक्रिया