काठमाडौँ । केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताका लागि परिचित छन् । केन्ट ब्राण्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू (डिसइन्फेक्टेन्ट)हरू र स्मार्ट किचन उपकरणहरू उपलब्ध रहेका छन् ।
देशभर हैजाको संक्रमण फैलिँदै गएकाले केन्टले हैजाबाट बच्न पानीबाट घुलनशील अशुद्धता, भाइरस र ब्याक्टेरियाहरूलाई हटाउन सक्ने केन्ट आरओ वाटर प्यूरिफायरको प्रयोग गर्न सुझाएको छ ।
आरओ, यूभी, यूएफ र टीडीएस नियन्त्रणको बहुशुद्धीकरण प्रक्रिया भएको केन्ट आरओ वाटर प्युरिफायरले पिउने पानी सुरक्षित र शुद्ध छ भनी सुनिश्चित गर्ने बताइएको छ । शुद्ध पिउने पानीको पहुँच हैजाबाट बच्ने सबैभन्दा महत्त्वपूर्ण उपायहरूमध्ये एक भएकोले पिउने पानी सुरक्षित र शुद्ध भए नभएको सुनिश्चित गर्न आवश्यक हुन्छ । पानी सफा र फोहोरमुक्त देखिँदैमा यो हैजाबाट सुरक्षित छ भन्ने हुँदैन । किनभने सफा देखिने पानीमा अन्तर्निहित अशुद्धता हुन सक्छ जुन हाम्रो आँखाले नदेखिने हुन सक्छ । धाराको पानी वा इनारको पानीमा घुलनशील अशुद्धताका साथमा भाइरस र ब्याक्टेरिया हुन सक्ने भएकोले सुरक्षित हुँदैन । यसकारण पिउने पानीको शुद्धतामा ध्यान दिनु निकै जरुरी छ ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीले देशभर नै हैजा संक्रमण पुष्टि भएको जनाएको छ । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ । साथै सरसफाइ तथा स्वच्छ खानेपानीको कमिले यो रोग फैलिने सम्भावना रहन्छ ।
मानिसहरूलाई पानीजन्य रोगहरूबाट जोगाउन हैजाको रोकथाम आवश्यक छ । यस रोगबाट बच्नका लागि पिउने पानी शुद्ध बनाउन आवश्यक छ । किनभने हैजा दूषित पानीबाट फैलिन्छ ।





























प्रतिक्रिया