काभ्रेमा आज १३ जना संक्रमित थपिए, ३२ निको भए

काभ्रेमा आज १३ जना संक्रमित थपिए, ३२ निको भए

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज १३ जना संक्रमित थपिएका छन् । आज ३२ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार ८६ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका ६, पाँचखालका १ र पनौतीका ४ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ८६ पुगेको छ । निको हुनेको संख्या २८ सय ४२ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ५ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३९ पुरुष र १४ महिला गरी ५३ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।

Skip This
Skip This
Logo