सांसद डा सुनीलकुमार शर्माको केएमसी र नोबेलको टोलीद्वारा बलरामा ६९५ बिरामीको निःशुल्क उपचार

सांसद डा सुनीलकुमार शर्माको केएमसी र नोबेलको टोलीद्वारा बलरामा ६९५ बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीको बलरामा ६९५ बिरामीको निःशुल्क स्वास्थ्य उपचार गरेको छ । केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार नागेन्द्र झाको आयोजनामा सीटीईभीटी स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा बिरामीको निःशुल्क उपचार गरिएको हो ।

शिविरमा उपचार सेवा लिन आएका बिरामीमध्ये ८७ जनाको भिडियो एक्सरे, १०३ जनाको ईसीजी, ८७ जनाको ईको तथा ११७ जनाको ल्याब परीक्षण गरिएको दाहालले बताएका छन् । दाहालका अनुसार ८४ जना बिरामीलाई केएमसीमा शल्यक्रियाका लागि रेफर गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका डा शर्माले शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराट्नगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट उपलब्ध हुने बताए ।

बलराका मेयर रामशंकर कुशवाहको सभापतित्वमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा पूर्वप्रजिअ कमलेश साह, डा सुनीलकुमार यादव र नोबेल एकेडेमीका नवीन दाहालले मन्तव्य दिएका थिए ।

Logo