काभ्रेमा आज २१ नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

काभ्रेमा आज २१ नयाँ संक्रमित थपिए, एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

काभ्रे जिल्लामा आज २१ जना संक्रमित थपिएका छन् । आज २१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार २८ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६, बनेपाका ७, पनौतीका १, पाँचखालका ४, बेथानचोकका २ र मण्डनदेउपुरका १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय २८ पुगेको छ । निको हुनेको संख्या २७ सय ३१ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ५९ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १४ महिला गरी ५२ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् । आज धुलिखेलका ६७ वर्षिय महिलाको मृत्यु भएको हो ।

Logo