काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले जोरपाटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार कटुम्बु कलेज तथा स्कूलको आयोजनमा स्कूलको प्राङ्गणमा भएको उक्त स्वास्थ्य शिविरमा ७ सय २३ जनाले निःशुल्क स्वास्थ्य लाभ लिएका छन् ।
शिविरमा १२२ जनाको ल्याब परीक्षण, १३१ जनाको अल्ट्रासाउन्ड, ८९ जनाको ईसीजी तथा १३ जनाको ईको गरिएको थियो । यसैगरी २१ जनाको दाँत खोल्दा ३७ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।
सांसद डा. शर्मा संघीय संसदकाे तलब भत्ता नलिने एक मात्र सांसद हुन्, उनले नेपालको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर लाखौं गरिब दिनदुःखीलाई सेवा प्रदान गर्दै आएका छन्। शिविरमा सम्भव नभएका बिरामीलाई काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार गर्दै आएका छन्।





























प्रतिक्रिया