सांसद डा. सुनिल शर्माको केएमसीको टोली मूलपानीमा, ५०० बिरामीको निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माको केएमसीको टोली मूलपानीमा, ५०० बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
63
Shares

नेपाली कांग्रेसका सांसद तथा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)का सञ्चालक डा.सुनिलकुमार शर्माको टोलीले मूलपानीमा निःशुल्क स्वास्थ्य उपचार गरेको छ ।

माउन्ट एभरेष्ट विद्यालयको आयोजनामा कागेश्वरी मनोहरा थलीमा भएको स्वास्थ्य शिविरमा ४ सय ९५ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए। सोही शिविरमा ५७ जनाको ल्याब परीक्षण, ५३ जनाको अल्ट्रासाउन्ड र २४ जनाको ईसीजी गरिएको थियो।

त्यस्तै, ९ जनाको दाँत खोलिएको र २९ लाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रिफर गरिएको छ। सांसद शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ ।

डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरूलाई डा. शर्माले केएमसीमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

Skip This
Skip This
Logo