काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा २८औं स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्नेतर्फ लागेको बताए ।
उनले भने, ‘हामीले स्वास्थ्य सेवा ऐन पनि छिटै ल्याउँँदै छौं । यसको साथै अन्य ऐनहरुको पनि तयारी गर्दैछौं । विकास समिति ऐनको तयारी भइरहेको थियो, औषधी ऐनको तयारी भइरहेको छ । गुणस्तर ऐनको तयारी भइरहेको छ । धेरै नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेका छौं । नीतिगत कामहरुलाई पूर्णतातर्फ लाने कामहरु गरिरहेका छौं ।’
यसको साथै, उनले देशका जनशक्ति देशभित्र बस्न नचाहनु आजको सबैभन्दा ठूलो चुनौती भएको भन्दै यस क्षेत्रमा पनि अध्ययन आवश्यक रहेको बताए ।





























प्रतिक्रिया