अचम्मकै स्किमः ५ सयमै थाइराइड चेकजाँच (भिडियोसहित)

अचम्मकै स्किमः ५ सयमै थाइराइड चेकजाँच (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

ललितपुर । ललितपुरको ऐतिहासिक नगरीकै नाम भएको पाटन प्याथ ल्याब लगनखेलस्थित ललितपुर मलको चौथो तलामा सञ्चालित छ । छोटो समयमा नै सेवाव्यापक बनाउन सफल पाटन प्याथल्याबमा नयाँ जापानीज टेक्नोलोजिबाट विश्वसनीय रुपमा रोग परिक्षण गरिन्छ । त्यो पनि सर्वसुलभ मुल्यमा । यही कारण पाटन प्याथल्यावको लोकप्रियता बढ्दो छ ।

पाटन प्याथल्यावले अचम्मै पार्ने एउटा स्किम राखेको छ, जसअनुसार रु. ५ सयमा नै थाइराइडको चेकजाँच हुन्छ । अशक्त विरामीलाई होम सर्भिस यस ल्याबको अर्को विशेषता हो । त्यसैगरी यस ल्याबमा पाँच सयभन्दा बढी रोगको पहिचानका लागि रगत परीक्षण गरिन्छ ।

समय सन्दर्भ पारेर यस ल्याबले निःशुल्क स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ भने रगत परिक्षणमा पनि सहुलियत दिने गरेको छ । बढ्दो मात्रामा देखिएका मधुमेहका बिरामीले त यहाँ जुनसुकै समयमा पनि निःशुल्क रुपमा रगत परीक्षण गर्न सक्नेछन् । यहाँको सेवा छिटो र चुस्त दुरुस्त पनि रहेको उपचारका लागि आएका बिरामीहरु नै बताउँछन् ।

अन्य अस्पताल एवम् प्याथोलोजी ल्याबभन्दा छिटो र गुणस्तरीय सेवा नै यस पाटन प्याथ ल्याबको मुख्य विशेषता हो । विरामीको स्वास्थ्य परिक्षणमा देखिएको रिपोर्ट पनि तुरुन्तै ल्याबले आफ्नो वेबसाइटमा राख्ने गरेकाले बिरामीलाई बुझ्न ल्याब सम्म पुग्न पर्दैन ।

अझ देशभरका फोटो पत्रकार, कलाकार र उनका सदस्यहरुका लागि पनि स्वास्थ्य परिक्षण तथा उपचारमा ५०५ रुपैयाँ छुट दिइएको ल्याब संचालक रेशम भट्टराई बताउँछन् । यहाँबाट धेरै पत्रकार तथा कलाकारहरुले लाभ पनि लिइसकेका छन् ।

पाटन अस्पतालकै छेउमा अर्थात् ललितपुरकै केन्द्रमा रहेको ललितपुर मलको चौथो तलामा पाटन प्याथ ल्याब २०७३ सालको असार २४ गते शुरु भएको हो । रोग परिक्षणका लागि यो ल्याबमा सरकारी अस्पतालभन्दा २० प्रतिशत मात्रै बढी मुल्य शुल्क निर्धारण गरिएको भट्टराईको दावी रहेको छ ।

पाटन प्याथ ल्याबमा जेष्ठ र असक्त नागरिकका लागि निःशुल्क होम सर्भिसको पनि व्यवस्था रहेको छ । कतिपय अस्पतालले बिरामीको उपचार सम्भव नभएको भन्दै बाहिर लैजान सल्लाह दिएको बिरामीको पनि परिक्षणपछि रोग निदान भएको ल्याब संचालकको भनाइ छ ।

र अर्को कुरा बिरामीले उपचारपछि एउटा कार्ड प्राप्त गर्दछ । जुन कार्ड लिएकाहरू अर्को पटक आउँदा उनीहरूलाई अफिसियल रुपमै उपचार खर्चमा ३० प्रतिशत छुट हुने गरेको ल्याब संचालकको भनाइ छ ।

यिनै विभिन्न सुविधाका कारण पनि पछिल्लो समयमा विराटनगर, धादिङ, दोलखालगायतका ठाउँबाट पनि बिरामीहरु उपचारका लागि आउने गरेको ल्याब प्रमुख रेशम भट्टराई बताउँछन् । यस ल्याबको शाखा चितवनमा समेत विस्तार गरिसकिएको छ ।

Logo