के तपाई पनि मसालेदार अचारको शौखिन हुनुहुन्छ । र खानामा नियमित रुपमा अचार खाने गर्नुभएको छ ? यदि हो भने अब अचार खाँदा हुने हानी जान्नुहोस् ।
१. अचारमा तेलको मात्रा धेरै हुनेगर्छ र यसमा प्रयोग गरिएको मसला प्रायः पकाएको हुँदैन जसले गर्दा कोलेस्ट्रोल र अन्य समस्याहरु निम्त्याउन सक्छ ।
२. अचारको प्रयोगले पेटमा अमिलो बढाइदिन्छ । जसको कारण यसको अत्याधिक सेवनले तपाईको एसिडिटी, ग्यास र अमिलो डकार आउने जस्ता समस्या हुन सक्छ ।
३. अचारमा नुनको मात्रा पनि ज्यादा हुने गर्छ । जुन सोडियमको मात्रा बढी हुँदा उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या उत्पन्न गर्नसक्छ ।
४. अचारलाई स्पाईसी बनाउन भिनेगरको पनि धेरै मात्रामा प्रयोग गरिन्छ । यसको नियमित सेवनले तपाईलाई अल्सर पनि हुन सक्छ र अन्य समस्याहरु पनि उत्पन्न गर्नसक्छ ।
५. अचार बनाउन र यसलाई सुरक्षित राख्नको लागि प्रयोग गरिने वस्तु शरिरको लागि हानिकारक हुन्छन् । एसिडिटी र शरिर सुन्निनुका लागि यो जिम्मेवार छन् ।
प्रकाशित: ११ कात्तिक २०७५ १५:३३ आइतबार