पूर्वमन्त्री राईको पहलमा सांसद डा. सुनिल शर्माले गराए इलामका मानबहादुर खड्काको निःशुल्क उपचार

पूर्वमन्त्री राईको पहलमा सांसद डा. सुनिल शर्माले गराए इलामका मानबहादुर खड्काको निःशुल्क उपचार

केन्द्रबिन्दु
192
Shares

इलाम । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा‍. सुनिल शर्माले आर्थिक अभावका कारण लामो समयदेखि उपचार नपाएर पीडित रहेका इलामकाे सूर्योदय नगरपालिका-९ का ६१ वर्षीय मानबहादुर खड्काकाे निःशुल्क उपचारको व्यवस्था गरेका छन् ।

इलामका प्रदेश सांसद तथा पूर्व कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री सम्सेर राईको पहलमा सांसद शर्माले यस्ताे घाेषणा गरेका हुन् । हाल बिरामीकाे काठमाडौं मेडिकल कलेज (केएमसी)अस्पतालमा उपचार प्रक्रिया सुरु भइसकेको छ।

सांसद डा. शर्मा नेतृत्वको काठमाडौं मेडिकल कलेजले देशका ग्रामीण तथा दुर्गम भेगका जनताहरूलाई लक्षित गरी निरन्तर निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आइरहेको छ । सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म, स्वास्थ्य शिविरमार्फत लाखौं विपन्न नागरिकहरूले गुणस्तरीय सेवा प्राप्त गर्दै आएका छन्। शिविरमा सम्भव नभएका जटिल केसहरूलाई उनले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था गर्दै आइरहेका छन् ।

सांसद डा. शर्मा प्रतिनिधि सभाका एक मात्र तलब भत्ता नलिने सांसद हुन्।

Logo