डा.भट्टराई दम्पतीले जिते कोरोना

डा.भट्टराई दम्पतीले जिते कोरोना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा.बाबुराम भट्टराई र उनकी श्रीमती हिसिला यमिले कोरोना जितेका छन् ।

डा. भट्टराईले आफूहरु कोरोनामुक्त भएको जानकारी सामाजिक संजाल ट्वीटरमार्फत दिएका हुन् ।

कात्तिक ७ गते भट्टराई दम्पतीमा कोरोना पुष्टि भएको थियो। आइतबार गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमण भएपछि उनीहरु होम आइसोलेसनमा बसेका थिए । उनले लेखेका छन् :

एक महिनापछि COVID-19 संग हामी दुवैले युद्धविराम गरियो र -ve रिपोर्ट प्राप्त गरियो। यो युद्धविराम हो, विजय हैन । यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न, मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ । अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं ! शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!

Logo