नेपालमा आज २ हजार १०३ जना संक्रमित थपिए

नेपालमा आज २ हजार १०३ जना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० जना पुगेको छ । आज २ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८५८ छ ।

आजको पिसिआर परीक्षण ९ हजार ८०५ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ३३ हजार ५५९ रहेको छ । आज २८ हजार १०६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo