माउथवासले ३० सेकेण्डभित्र कोरोना भाइरस मार्न सक्ने !

माउथवासले ३० सेकेण्डभित्र कोरोना भाइरस मार्न सक्ने !

केन्द्रबिन्दु
0
Shares

साधारण माउथवासले ३० सेकेण्डभित्र कोरोना भाइरस मार्न सक्ने एक अध्ययनले देखाएको छ । युकेको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको एक अध्ययनले माउथवासले ३० सेकेण्ड मै कोरोनाको भाइरस मार्न सक्ने देखाएको हो।

अध्ययनले ०.०७ प्रतिशत सेटिलपायरीडिनियम क्लोराइड ( cetylpyridinium chloride) भएको माउथवास प्रयोग गर्दा कोरोना भाइरस फैलने सम्भावना कम रहेको देखाएको छ ।

माउथवासको प्रयोगले कोरोना संक्रमित व्यक्तिको र्यालमा रहेको कोरोना भाइरसको मात्रालाई कस्तो प्रयोग हुन्छ भन्ने भत्ता लगाउनको लागि क्लिनिकल ट्रायलको तयारी भईरहेको बेला अध्ययनले कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा माउथवास प्रभावकारी रहेको अध्ययनले देखाएको हो । क्लिनिकल ट्रायलको नतिजा सन् २०२१ को सुरवातमा आउने बताईएको छ ।

क्लिनिकल ट्रायलमा पनि यो प्रभावकारी देखिएमा अब विश्वभर कोरोनाबाट बच्न मास्कको अनिवार्य प्रयोग, हात धुने, भौतिक दुरी कायम गर्ने साथ साथै माउथवासको प्रयोग पनि गर्नु पर्ने अवस्था आउँन सक्छ।

क्लिनिकल ट्रायलमा आवद्द चिकित्सकले प्रयोगशालामा गरिएको परिक्षणमा माउथवास धेरै नै प्रभावकारी देखिएको र अब व्यक्ति मै प्रयोग गरेर नतिजा हेर्न बाँकि रहेको बताएका हुन् । उनीहरुले कोरोनाको उपचारमा यसको कस्तो प्रयोग हुन सक्छ भन्ने बारे अझै धेरै अनुसन्धान गर्नु पर्ने बताएका छन् । एजेन्सी

Skip This
Skip This
Logo