शैक्षिक परामर्शको विज्ञापनमा आफ्नाे नाम/फोटो प्रयोग नगर्न चिकित्सकहरुलाई काउन्सिलको चेतावनी

शैक्षिक परामर्शको विज्ञापनमा आफ्नाे नाम/फोटो प्रयोग नगर्न चिकित्सकहरुलाई काउन्सिलको चेतावनी

केन्द्रबिन्दु
12
Shares

नेपाल मेडिकल काउन्सिलले दर्तावाला चिकित्सकहरूलाई शैक्षिक परामर्शको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो र डिग्री प्रयोग नगर्न कडा निर्देशन दिएको छ।

केही चिकित्सकहरूले कन्सल्टेन्सीको विज्ञापन, साइनबोर्ड, ब्रोसर, पम्प्लेट लगायतका प्रचार सामग्रीहरूमा आफ्नो व्यक्तिगत विवरण राखी शैक्षिक परामर्श दिइरहेको भन्ने उजुरी आएपछि काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको हो। काउन्सिलका रजिष्ट्रार डा. सत कुमार देव द्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ कि यस्तो कार्य नेपाल मेडिकल काउन्सिलको आचार संहिताको स्पष्ट उल्लङ्घन हो।

Logo