पर्वत। प्रदेश सरकारले सञ्चालन गर्दै आएको प्रदेश अस्पताल कुश्मा पर्वतको अस्पताल विकास समितिको अध्यक्षमा सामाजिक तथा राजनीतिक व्याक्तित्व याम बहादुर परियार शिव’ नियुक्त भएका छन् । दलित अधिकारकर्मीको रुपमा जिल्लामा सक्रिय रहदै आएका परियार प्रदेश सरकारको स्वास्थ्य संस्थान व्यवस्थापन सम्वन्धी नियमावली अनुसार मंगलबार अध्यक्षमा नियुक्त भएका हुन् ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष शंकर गिरीको कार्यकाल पुरा भई विदा भइसकेको करीव ६ महिना पछि अध्यक्ष पदमा परियार लाई नियुक्त गरिएको हो । अस्पताल विकास समिति गठनका क्रममा अध्यक्षसहितका पदाधिकारी प्रदेश मन्त्रिपरिषद्को निर्णयबाट नियुक्त गरिने भए पनि बाँकी सदस्यहरुको नामावली आउन नसकेको अस्पताल स्रोतले बताएको छ ।
अस्पतालको अध्यक्षका लागि सामाजिक विकास मन्त्रालयको सिफारिसमा योग्य, अनुभवी तथा स्वच्छ छविका व्यक्तिहरुमध्येबाट कम्तिमा पनि स्नातक तह उत्तिर्ण व्यक्तिलाई अध्यक्ष छनोट हुने गर्दछन् । सामान्यत २ वर्षको आफ्नो कार्यकालमा अध्यक्षले अस्पतालको प्रशासनिक, व्यवस्थापकीय र नीति तथा निर्णयमा नेतृत्व प्रदान गर्ने प्रावधान नियमावलीमा उल्लेख रहेको छ ।





























प्रतिक्रिया