‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ

‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ। ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले ‘मनको कुरा गरौँ’ नाराका साथ उक्त अभियानको आज यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गरिन् । उनले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको भन्दै यसलाई नियन्त्रण गर्न सबै लाग्नुपर्ने बताइन् । उनले सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा पनि उपलब्ध रहेको जानकारी दिइन् ।

उनले स्थानीय तहको सरकारसँगको समन्वयमा समुदायमा स्तरमा समुदायमा परामर्शदाता परिचालन गरेर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराइएको बताइन् । मन्त्री डा गौतमले मानसिक समस्या भएका मानिससँग बोल्ने, मनका कुरा सुन्दिने गर्नुपर्ने भन्दै उनले त्यो नगर्दा भित्रभित्रै गुम्सिदै कडा रुप लिन सक्ने बताइन् । उनले मानसिक स्वास्थ्यको औषधि सबैतिर पाउने गरी विवरण गरिएको बताइन् । उनले मानसिक स्वास्थ्य समस्यालाई उजागरण गर्दै निराकरण गर्नका लागि मन्त्रालयका लागिपरेको बताइन् ।

उनले सङ्घअन्तर्गतका सबै अस्पतालमा मानसिक स्वास्थ्य परामर्श सेवा उपलब्ध रहेको जानकारी दिइन् । उनले मानसिक स्वास्थ्य नीति र रणनीतिको कार्यन्वयनको सुस्त रहेकाले यसलाई प्राथमिकता राखेर काम गर्ने बताइन् । मन्त्री डा गौतमले मानसिक स्वास्थ्यमा प्राथमिकता दिएर बढी बजेट विनियोजन गर्नुपर्ने बताइन् । उनले घरबाट टाढा विदेशमा रहेका श्रमिक र फर्केर आएका श्रमिकको मानसिक स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरुको मानसिक स्वास्थ्यमा काम गर्नुपर्ने बताइन् ।

मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले मानसिक स्वास्थ्यलाई प्राथमिकता राखेर काम गरेको जानकारी दिइन् ।उनले तीन महिनासम्म मानसिक स्वास्थ्यमा हामी सबै एकजुट भएर लाग्नुपर्ने बताइन् । उनले तीन महिनासम्म सञ्चालन हुने अभियानमा मानसिक रोगबारे जानकारी, पारिवारिक तथा सामुदायिक साहारा, भेटघाट, तनाव कम गर्ने मुख्य उद्देश्य रहेको बताइन् ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा केशरवहादुर ढकालले नेपालमा मानसिक स्वास्थ्य गम्भीर तर पनि पर्याप्त मात्रामा महत्व नपाएको हो । उनले १० जनामध्ये एक जना जीवनको कुनै न कुनै मोडमा मानसिक स्वास्थ्य समस्या झेल्नुपरेको उल्लेख गर्दैै मानसिक स्वाथ्य व्यक्तिगत नभई जनस्वास्थ्यको आधारभूत समस्या रहेको बताइन् ।

उनले विभागको नेतृत्वमा आधारभूत स्वास्थ्य सेवामा मानसिक सवास्थ्य सेवा प्रदान गर्नुको साथै आवश्यक ठाउँमा निःशुल्क औषधि वितरण गरिरहेको समेत बताइन् । जिल्ला र प्रदेश अस्पतालमा पनि बहिरङ्ग र अन्तरङ्ग सेवा विस्तार गर्न थालिएको समेत उनले जानकारी दिइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अनिता निरौलाले मनको स्वास्थ्य सवल बनाउनका लागि प्रयायाम, मनको कुरा गर्ने अवसर खानपान आहारविहार जीवनशैली, सत्य बोल्ने, पारदर्शि व्यवहार गर्नुपर्ने बताइन् ।

उनले आफ्नो विचार मात्र नभए अरुको विचारलाई पनि कदर गर्नाले मानसिक स्वास्थ्य सवल बनाउने बताइन्। उनले यसभन्दा अघि शारिरीक स्वास्थ्यमा धेरै लगानी गरेको भन्दै स्वथ्य जीवनशैलीको महत्वपूर्ण अङ्ग मानसिक स्वास्थ्यमा लगानी गर्नुपर्ने बताइन् । मन्त्रालयले आजदेखि फागुनसम्म मानसिक स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गर्न थालेको हो ।

Skip This
Skip This
Logo