केएमसीमा चिरफारबिनै मष्तिष्क रक्तश्रावको दुर्लभ उपचार

केएमसीमा चिरफारबिनै मष्तिष्क रक्तश्रावको दुर्लभ उपचार

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माद्वारा सञ्चालित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले मष्तिष्कको नशा फुटेर रगत जमेका कारण जीवनमरणको दोसाँधमा छटपटाइरहेकी महिलाको विनाशल्यक्रिया सफतापूर्वक उपचार गरेर नयाँ जीवन प्रदान गरेको छ ।

ताप्लेजुङकी ५२ वर्षीया राधिका लिम्बूलाई केही दिनअघि निकै गम्भीर अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले केएमसीमा रेफर गरेको थियो । अन्तर्राष्ट्रिय विमानस्थलबाट एम्बुलेन्समार्फत अस्पताल आइपुग्दा उनको मष्तिष्कमा धेरै रगत जमिसकेको थियो । अवस्था यस्तो थियो कि उपचारमा केही घन्टा मात्रै ढिलो भएको भए ज्यान पनि तलमाथि पर्नसक्थ्यो ।

एनजीओग्राफी उपचार गर्दागर्दै नशा फुटेको अवस्थामा सफल उपचार गरिएको यो नेपालकै दुर्लभ घटना हो । नेपलको सन्दर्भमा डीएम न्योरोइन्टरभेन्सनिस्ट र बाई प्लेन क्याथल्याब प्रविधि काठमाडौं मेडिकल शिक्षण अस्पतालममा मात्रै उपलब्ध छ ।

केएमसीमा ल्याइपुर्याउने बित्तिकै न्युरो इन्टरभेन्सनिस्ट एवं इन्डोभास्कुलर स्ट्रोक विशेषज्ञ डा. अरुण पौडेलको नेतृत्वमा राधिकाको उपचार सुरु भयो । त्यतिबेलासम्म पनि बिरामीको मष्तिष्कमा रक्तश्राव भइरहेको थियो । त्यसपछि डाक्टरले बिरामीको खुट्टामा सानो प्वाल पारे र धमनीबाट तार अनि मसिनो पाइप छिराई मष्तिष्कको फुटेको बेलुनसम्म (एनुरिज्म) पुर्याएर रगतको प्रवाह आवश्यक दिशामा पुर्याए । औषधि विज्ञानको भाषामा यो प्रक्रियालाई फ्लो डाइभर्टर एन्ड कोइलिङ भनिन्छ र मष्तिष्कमा रक्तश्राव भएका बिरामीको उपचारमा यो प्रविधि नै महत्वपूर्ण मानिन्छ । त्यसपछि रगतको प्रवाह सही दिशामा हुन थाल्छ र रक्तश्राव बन्द हुन्छ ।

उता रगत जमेको बेलुन बिस्तारै सुक्दै जान्छ अनि केही समयपछि हराएर जान्छ । कुनै ठूलो चिरफार नगरी अन्ततः साढे दुई घन्टाको डाक्टरहरूको अथक प्रयास सफल भयो र राधिकाले नयाँ जीवन पाइन् । यस्तो दुर्लभ उपचारपछि अस्पतालको आईसीयूमा स्वास्थ्य लाभ गर्दै घर फर्कने तयारी गरिरहेकी राधिकाले खुसी हुँदै अस्पताल तथा उपचारमा संलग्न डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिएकी छन् ।

आमाको सफल उपचारपछि छोरी अनुशाको भनाइको जस्ताको तस्तै-

“यो प्रविधिबाट उपचार गर्दा कुनै दाग बस्दैन । छोटो समयमै बिरामी सामान्य अवस्थामा फर्कन्छ । अस्पतालको बसाइ छोटो हुन्छ भने उपचार सफल हुने दर पनि बढी हुन्छ । उपचारको प्रभावकारिता धेरै हुन्छ । जुनसुकै उमेरका बिरामीको पनि यो प्रविधिबाट उपचार गर्न सकिन्छ । साथै शल्यक्रिया गर्न नमिल्ने दीर्घरोगी बिरामीको उपचार पनि यो प्रविधिबाट गर्न सकिन्छ र उपचारमा लामो समय खर्च गर्नुपर्दैन । यस्तो प्रविधिबाट उपचार गर्न यसअघिसम्म विदेश नै जानुपर्ने बाध्यता थियो तर केएमसीमा यो सुविधा उपलब्ध भएपछि नेपालमै सम्भव भएको छ ।”

Skip This
Skip This
Logo