ललितपुर । नेपालकै पहिलो एनएबिएच मान्यता प्राप्त स्वास्थ्य संस्था नेपाल मेडिसिटीले नयाँ वर्ष २०२६ को अवसरमा आफ्नो आधिकारिक मस्कट ‘मेडी प्रसाद’ सार्वजनिक गरेको छ।
“गुणस्तरीय स्वास्थ्य सेवा अब तपाईंको पहुँचमा” भन्ने मूल नारालाई आत्मसात गर्दै अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा सबै नेपालीको पहुँचसम्म पुर्याउने उद्देश्यसहित ‘मेडी प्रसाद’ लाई सार्वजनिक गरेको हो। यस पहलले नेपाली नागरिकलाई उपचारका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नुका साथै नेपाललाई विदेशी नागरिकसमेत उपचारका लागि आउने मेडिकल हबको रूपमा विकास गर्ने संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको दीर्घकालीन सोच र सिद्धान्तलाई आत्मसात गरेको अस्पतालले जनाएको छ।
नयाँ वर्षको अवसरमा ‘मेडी प्रसाद’ मार्फत नेपाल मेडिसिटी हस्पिटलले वेल्नेस प्याकेज २०२६ पनि सार्वजनिक गरेको छ। यस प्याकेज अन्तर्गत महिला स्वास्थ्य परीक्षण तथा पुरुष स्वास्थ्य परीक्षण दुवै प्याकेजको शुल्क रु ९,५०० मात्र निर्धारण गरिएको छ, जसमा करिब ५० प्रतिशतसम्मको विशेष छुट समावेश गरिएको छ। विश्वस्तरीय प्रविधि, अनुभवी चिकित्सक टोली तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सेवा सुलभ मूल्यमा उपलब्ध गराउँदै नयाँ वर्षलाई स्वस्थ र सचेत रूपमा सुरु गर्न अस्पतालले सबैमा आग्रह गरेको छ।
यो विशेष वेल्नेस योजना सन् २०२६ जनवरी १ देखि जनवरी ३१ तारिखसम्म लागू हुने अस्पतालले जानकारी दिएको छ।





























प्रतिक्रिया