धनुषामा एकीकृत परिवार योजना शिविर : महिलालाई सजिलो, पुरुषलाई सम्झाउन गाह्रो

धनुषामा एकीकृत परिवार योजना शिविर : महिलालाई सजिलो, पुरुषलाई सम्झाउन गाह्रो

केन्द्रबिन्दु
9
Shares

धनुषा। जिल्लास्थित अतिविपन्न समुदायमा ‘एकीकृत परिवार योजना शिविर’ सञ्चालन भएपछि महिलाले परिवार योजनाको सेवा सहज रूपमा लिँदै आएका छन्। तर पुरुषहरूलाई स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) गराउन अझै अप्ठ्यारो भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित पालिकाको समन्वयमा मेरीस्टोप्स (एमएसआई) तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा १८ वटै पालिकामा पायक पर्ने स्थानमा शिविर सञ्चालन भएको थियो। शिविरमा मिनील्याप, इम्प्लान्ट, आईयुसिडी, डिपो, पिल्स लगायत सेवाहरू निःशुल्क उपलब्ध गराइयो।

सेवाग्राहीलाई स्थानसम्म ल्याउन स्वास्थ्य कार्यालयले यातायातको व्यवस्था समेत गरेको थियो। कमला नगरपालिका–९ का स्वयंसेविकाहरूले विपन्न महिलालाई शिविरमा ल्याइ घर फर्काउने काम गरेका थिए।

स्वयंसेविकाहरूका अनुसार, महिलाहरू सहजै सेवा लिँदै आएका छन् भने पुरुषहरू परिवार नियोजनका स्थायी उपाय अपनाउन हिच्किचाइरहेका छन्। “सन्तानको संख्या पूरा भएको पुरुषलाई सम्झाउन गाह्रो पर्छ,” निर्मला मण्डलले बताइन्।

एमएसआई तथा सुनौलो परिवार नेपालले स्थानीय भाषामा परामर्श दिने र प्राविधिक सहयोग उपलब्ध गराउने गरेर विपन्न समुदायसम्म सेवा पुर्याउने काम गर्दै आएको छ। परिवार कल्याण महाशाखाका अधिकारीहरूले पनि सेवाको पहुँच विस्तार गर्न शिविरलाई रणनीतिक रूपमा महत्वपूर्ण ठानेका छन्।

Skip This
Skip This
Logo