प्रदेश अस्पतालको वार्षिकोत्सवमा बिरामीलाई फलफूल वितरण

प्रदेश अस्पतालको वार्षिकोत्सवमा बिरामीलाई फलफूल वितरण

केन्द्रबिन्दु
42
Shares

पर्वत। प्रदेश अस्पतालको ३६औँ वार्षिकोत्सवको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूका लागि फलफूल वितरण गरिएको छ ।

कार्यक्रममा प्रदेश अस्पताल समितिका अध्यक्ष याम परियार, शिव, फलेवास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारी, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुन्ढिराज पौडेल तथा मेडिकल रेकर्ड निरीक्षक प्रकाश शर्माले बिरामीहरूलाई फलफूल वितरण गरेका थिए ।

मेयर तिवारीले बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै, अस्पतालले पहुँचयोग्य, सर्वसुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्न सबै तहबाट निरन्तर प्रयास गर्नुपर्ने बताए। तिवारीले प्रदेश अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको प्रशंसा गरे।

वार्षिकोत्सव समारोहले अस्पताल र समुदायबीचको सम्बन्ध बलियो बनाउने र स्वास्थ्य सचेतना बढाउने अवसर प्रदान गरेको कार्यक्रममा सहभागीले बताए ।

Skip This
Skip This
Logo