काठमाडौं ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीलाई कोरोना संक्रमण भएको छ । यसकै कारण उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।
मंगलबार कोरोना पुष्टि भएपछि मेडिसिटी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका उनको स्वास्थ्यमा थप समस्या देखिन थालेको राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जानकारी दिए ।
उनलाई निमोनियाले पनि ग्रस्त बनाएको छ । जनमोर्चाको बैठकले केसीको लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएकाले आर्थिक सहयोग जुटाउने निर्णयसमेत गरेको छ ।
बैठकले सहयोगदाताले राष्ट्रिय वाणिज्य बैंक, नयाँ बानेश्वर शाखाको राष्ट्रिय जनमोर्चाको बैंक खाता १४२०००४१७३०१ मा सहयोग गर्न सबैलाई अनुरोध गरेको छ ।
‘राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रहादुर केसी केही दिनदेखि निमोनिया रोगबाट ग्रस्त हुनु भएको छ । उहाँको स्वाब परीक्षण गर्दा हिजो कोरोना पोजेटिभ पनि देखिएको छ’, कार्यकारी अध्यक्ष नेपालीले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, उहाँलाई पहिलेदेखि स्वास्थ्य सम्बन्धी विभिन्न समस्यालहरु थिए । अहिले उहाँको मेडिसिटी अस्पतालमा आइसोलेशनमा उपचार भइराखेको छ । स्वास्थ्य स्थिति गम्भीर छ ।’
































प्रतिक्रिया