काठमाडौँ। सुडी समाज काठमाडौँले महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
शिविरमा १० हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै भोजनको व्यवस्था गरिएको समाजका महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीले जानकारी दिए। समाजद्वारा आयोजित स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको उपचारका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।
समाजका अध्यक्ष शीतलप्रसाद महतोले हिन्दु धर्म, संस्कृतिको जगेर्ना र सद्भाव अभिवृद्धि गर्न यस्ता कार्यले महत्वपूर्ण योगदान पुर्याउने बताए । कार्यक्रममा समाजका उपाध्यक्ष विनय गामी, महासचिव डा प्रकाशचन्द्र पञ्जियार, सचिव वीरेन्द्रकुमार साह, कोषाध्यक्ष विनोद महासेठलगायतको उपस्थिति रहेको थियो ।
सो अवसरमा संविधानसभा सदस्य शैल महतो, समाजका सदस्यहरु रेखा महतो, प्रियङ्का पूर्वे, ममता महासेठलगायतलाई सम्मान समेत गरिएको थियो ।































प्रतिक्रिया