ध्वनि चिकित्सामार्फत स्वास्थ्योपचार सम्भव

ध्वनि चिकित्सामार्फत स्वास्थ्योपचार सम्भव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं। आधुनिक चिकित्सा पद्धतिसँगै प्राकृतिक विधिबाट पनि स्वास्थ्य उपचार सम्भव हुने दाबी गरिएको छ।

राष्ट्रिय समाचार समिति (रासस) को ६५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘ध्वनि चिकित्सा’ सम्बन्धी कार्यक्रममा ध्वनि चिकित्सा अभ्यासबारे प्रस्तुति दिइएको थियो। कार्यक्रममा ध्वनि चिकित्सा अभ्यासकर्ता राजाराम पाण्डेले ध्वनिलाई ब्रह्माण्डीय ऊर्जाका रूपमा व्याख्या गर्दै यसको प्रभाव शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक पक्षमा पर्ने बताए।

उनका अनुसार ध्वनिमार्फत शरीरका ऊर्जा केन्द्र (चक्र) सन्तुलनमा ल्याएर स्वास्थ्य सुधार गर्न सकिन्छ। उनले ध्वनि चिकित्सा प्राचीन अभ्यास भए पनि विज्ञानसँग सम्बन्धित रहेको दाबी गरे।

कार्यक्रममा विश्वका विभिन्न देशमा ध्वनि चिकित्साप्रति आकर्षण बढ्दै गएको उल्लेख गर्दै निकट भविष्यमा धेरै देशमा यसको अभ्यास विस्तार गर्ने योजना रहेको जानकारी दिइयो। ध्वनि चिकित्सामा औषधि प्रयोग नगरी ध्वनिमार्फत उपचार गरिने बताइएको छ।

रासस सञ्चालक समिति सदस्य कृष्ण अधिकारीले ध्वनि चिकित्साबारे जानकारी विस्तार गर्नुपर्ने बताए। कार्यक्रममा सहभागीहरूलाई ध्वनि चिकित्साको अभ्यास गराइएको थियो।

Skip This
Skip This
Logo