क्यान्सर लागेर नेपालमा बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउँछन् । बर्षैपिछे क्यान्सरका रोगी थपिने गरेका छन् । क्यान्सर आफैमा डरलाग्दो रोग हो । "/>

कतै तपाईलाई क्यान्सर भएको त छैन ? यस्तो लक्षण देखिन सक्छ

कतै तपाईलाई क्यान्सर भएको त छैन ? यस्तो लक्षण देखिन सक्छ

केन्द्रबिन्दु
0
Shares

क्यान्सर लागेर नेपालमा बर्षेनी हजारौं व्यक्तिले ज्यान गुमाउँछन् । बर्षैपिछे क्यान्सरका रोगी थपिने गरेका छन् । क्यान्सर आफैमा डरलाग्दो रोग हो । क्यान्सर लागेपछि उपचार गर्न मुश्किल हुन्छ । हुन त सुरुवाती लक्षण थाहा पाउनसाथ उपचार गरियो भने ठिक पनि हुनसक्छ ।

तर धेरैजसोले क्यान्सर लागेको थाहै पाउँदैनन् । जतिबेला थाहा पाउँछन्, त्यतीबेला ढिला भइसकेको हुन्छ । त्यसैले क्यान्सरको लक्षण देखापर्न साथ उपचार गर्नुपर्छ ।

१. अचानक तौल घट्यो भने खुसी नहुनुहोस् । किनभने यो क्यान्सरको लक्षण हुनसक्छ । कुनै कारण नभई निरन्तर तौल घटिरह्यो भने त्यसले क्यान्सरको संकेत गर्छ । पेटको क्यान्सर हुँदा अचानक तौल घट्छ ।

२. पिसाब वा दिसामा रगत देखपरेमा त्यो क्यान्सर हुनसक्छ । मृगौला, पिसाब थैलीमा क्यान्सर भएमा दिसा पिसाबमा रगत देखिन्छ । साथै दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।

३. लामो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । यसले रक्त क्यान्सरको संकेत गर्छ ।

४. छातीको क्यान्सर महिलाको लागि सबैभन्दा बढी हुने र सताउनेमा पर्छ । यदि स्तनमा केहि परिवर्तन देखियो भने त्यसमा शंका गर्नुपर्छ । स्तनमा गाँठो आयो, निप्पलको रंग बदलियो, निप्पल चिलाउन थाल्यो भने परीक्षण गराउनु पर्छ ।

५. कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

६. मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

७. उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

Logo