अहिले हाम्रो दैनिकसाग धेरै नजिकको साइनो बनाएको छ चियाले । पाहुनाको स्वागत सत्कार गर्न होस्, या साथीभाई जम्काभेट हुादा हामीले चियालाई नै बढि स्थान दिएका छौा । "/>

बिहानै चिया पिउनुहुन्छ ? सावधान यस्तो समस्या आउन सक्छ

बिहानै चिया पिउनुहुन्छ ? सावधान यस्तो समस्या आउन सक्छ

केन्द्रबिन्दु
0
Shares

अहिले हाम्रो दैनिकसाग धेरै नजिकको साइनो बनाएको छ चियाले । पाहुनाको स्वागत सत्कार गर्न होस्, या साथीभाई जम्काभेट हुादा हामीले चियालाई नै बढि स्थान दिएका छौा । चिया पिउनु यस्तो लत भयो की बिहान ओछ्यानमै चाहिने हामीलाई । के बिहान खाली पेटमा चिया पिउनु राम्रो बानी हो र ?

बिभिन्न अनुसन्धानले खाली पेटमा चिया पिउदा स्वास्थ्यलाई धेरै हानी हुनसक्ने देखाएका छन् । चियामा कैफिन र टैनिन पाइन्छ जसले शरीरलाई उर्जा दिन्छ । चियामा दूध मिसाउदा चियामा पाइने एण्टिअक्सिडेन्ट नष्ट हुन्छ । चिया पिउनुका फाइदा नभएका होइनन् ।

तर खाली पेटमा पिउने, धेरै पिउने र धेरै गुलियो चिया पिउदा स्वास्थ्यलाई असर गर्छ । दूध चिया भन्दा कालो चियाले फाइदा गर्छ तर कालो चिया पनि धेरै पिउनु हुदैन । खाली पेटमा दूध चिया पिउदा थकान बढ्ने, एसिडिटी बढ्ने हुन्छ । यसले पेटको अल्सर पनि हुनसक्छ ।

दिनमा ५ कप भन्दा बढी चिया पिउने मानिसलाई प्रोस्टेट क्यान्सर हुनसक्ने बिभिन्न अध्ययनहरुले दखाएका छन् । ब्रिटिस मेडिकल जर्नलमा छापिएको अध्ययनअनुसार तातो चिया पिउने मानिसमा खाना खाने नली तथा घााटीको क्यान्सर हुने सम्भावना आठ गुणाबढी हुन्छ । ‘धेरै तातो चिया पिउने मानिसमा मनतातो चिया पिउने मानिसको तुलनामा क्यान्सरको खतरा आठ गुणाबढी हुन्छ’ अध्ययन प्रतिवेदनमा भनिएको छ ।

यो अध्ययन ५० हजार मानिसमा गरिएको थियो । तातो चियाले घााटीमा रहेका नरम तन्तुहरुलाई क्षति गर्छ । दूध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दूध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो ।

दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ ।

Logo