तपाईले हस्तमैथुन गर्नुहुन्छ ? यदि त्यस्तो हो भने तपाईले यो सामाग्रीलाई ध्यान दिएर पढ्नुहोस्ः प्रायः दुब्ला युवाहरुमा हस्तमैथुनका कारण आफु नमोटाएको भन्ने आशंका हुन्छ, अथवा हस्तमैथुनले हाम्रो शरीरलाई हानी गर्छ भन्ने सोचपनि प्रायः सबैमा हुने गर्छ । "/>

तपाई दुब्लो हुनुको कारण यो हो की ?

तपाई दुब्लो हुनुको कारण यो हो की ?

केन्द्रबिन्दु
0
Shares

तपाईले हस्तमैथुन गर्नुहुन्छ ? यदि त्यस्तो हो भने तपाईले यो सामाग्रीलाई ध्यान दिएर पढ्नुहोस्ः प्रायः दुब्ला युवाहरुमा हस्तमैथुनका कारण आफु नमोटाएको भन्ने आशंका हुन्छ, अथवा हस्तमैथुनले हाम्रो शरीरलाई हानी गर्छ भन्ने सोचपनि प्रायः सबैमा हुने गर्छ ।

के माटो नहुनु हस्तमैथुनकै कारण हो ? डाक्टरहरु भन्छन्, होईन्, हस्तमैथुनले स्वास्थ्यमा त्यस्तो कुनै पनि समस्या ल्याउँदैन् । यौनसन्तुष्टिका लागी युवाहरुले हस्तमैथुन गर्छन्, र यौन सन्तुष्टिका लागी यौन सम्पर्क पनि । यी प्रकृयाहरु भनेको भनेको यौन अङ्गहरुको घर्षण नै हो ।

अनुसन्धानले पनि सिद्धान्तत यौनसम्पर्क गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द पाउने प्रक्रिया उस्तै भएको बताउँछ । त्यसैले यौनसम्पर्क गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । चिकित्सक भन्छन्, तपाईंको दुब्लोपनसँग यसको प्रत्यक्ष सम्बन्ध छैन, त्यसैले यस विषयमा अनावश्यक चिन्ता नलिनु नै बेस हुन्छ ।

हस्तमैथुन एउटा स्वाभाविक कुरा हो । यस विषयमा अनेक भ्रम भए पनि यसले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ । यस्तै हस्तमैथुनले अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौन सम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समय दुरुपयोगबाट पनि जोगाउँछ । अर्को व्यक्तिसँग यौनसम्पर्क नै नहुने भएकाले अहिले चर्चामा रहेका एचआईभी वा अन्य यौन संक्रमण पनि हुन पाउँदैन ।

Logo