पर्याप्त पैसा कमाएर धनी बन्ने सबैको चाहना हुन्छ । पैसा कमाउने, धन सम्पत्ती जोड्ने, मोजमस्ती गर्ने र आफ्नो सन्ततीका लागि समेत धन जोहो गर्ने सबैको चाहना हो तर यो चाहना सबैको पुरा हुदैन । धनी बन्न मिहिनेत त गर्नुपर्छ नै तर कतिपय अबस्थामा मरि मेटेर मिहिनेत गर्दा पनि समयले साथ् दिदैन र धनी बन्न चुक्छौ । यदि तपाईलाई यस्तै भएको छ भने यी कुराहरु ख्याल गर्नुहोस् ।
१. सूर्य उदाउनु अघि नै बिस्ताराबाट उठ्नुहोस् किनकी धनकी देवी लक्ष्मीले ढिला सम्म सुत्ने व्यक्ति मन पराउदैन । त्यस्तै साँझ सूर्य अस्ताउने बेला सुत्ने व्यक्तिलाई पनि राम्रो मानिदैन ।
२. जसले मैलो र फोहोर अनि फाटेको कपडा लगाउँछ र घरमा फोहोर राख्छ, यस्तो व्यक्तिलाई धनको देवी लक्ष्मीले कृपा गर्दिनन् । त्यसैले घर आगन कोठा कपडा सबै सफा सुग्घर राख्न जरुरी छ ।
३. बिहान र बेलुका घर, पसल वा अफिसको मन्दिर र भान्छामा अँधेरो राख्नु अशुभ मानिन्छ । यसर्थ, हरेक दिन बिहान र साँझ कम्तिमा पनि एउटा बत्ती बाल्नुपर्छ ।
४. साधु-सन्त वा घरको ठूलो मानिसको अपमान कहिल्यै गर्न हुन्न । त्यस्तो मान्छेलाई लक्ष्मीले मन पराउदैनन ।
५. बिना कारण रिसाउने, सानातिना कुरामा रिसाईरहने, झगडा गरिरहने यस्तो बानी छ भने पनि त्यागि हाल्नुहोस् ।





























प्रतिक्रिया