सावधान ! यस्तो संकेत देखिए क्यान्सर हुनसक्छ

सावधान ! यस्तो संकेत देखिए क्यान्सर हुनसक्छ

केन्द्रबिन्दु
0
Shares

क्यान्सरको कारण बर्षेनी लाखौंले ज्यान गुमाउने गरेका छन् । क्यान्सर यति डरलाग्दो रोग हो कि, त्यसको उपचार कतिपय अवस्थामा असंभव हुन्छ ।
तर सुरुवाती चरणमा थाहा भयो भने क्यान्सर निको हुन्छ ।

त्यसैले यसको संकेत देखा पर्नसाथ हामी सर्तक हुनुपर्छ । क्यान्सर भए/नभएको कुरा हामी आफै पनि परीक्षण गर्न सक्छौ । क्यान्सरको सुरुवाती लक्षण भ्रमक हुनसक्छ । त्यसैले यसको सहि समयमा सहि पहिचान गर्नुपर्छ ।

थकान अनुभव हुनु

सामान्यत कामको चाप हुँदा हामी थाक्छौ । शारीरिक क्रिया बढी गर्नुपर्दा थकान अनुभव हुन्छ । तर कुनै शारीरिक वा मानसिक श्रम विना नै थकान लाग्छ भने त्यसले सामान्य लक्षण देखाउँदैन । खासमा यसले ब्रेन ट्युमर, कोलोन, रेक्टम वा ओभरी क्यान्सरको संकेत गर्छ ।

रक्तश्राव हुनु

मासिक धर्मको चक्र अनुसार नियमित रुपमा रक्तश्राव हुन्छ, महिलाको हकमा । तर, त्यस समयबाहेक अचानक रक्तश्राव हुन्छ भने कार्विनल क्यान्सरको संकेत हुनसक्छ ।

दिस पिसाबमा रगत देखिनु

यदि पिसाब वा दिसामा रगत देखियो भने त्यसलाई सामान्य नठानौं । यो क्यान्सरको लक्षण पनि हुनसक्छ । खासगरी मृगौला, पिसाब थैलीमा क्यान्सर हुने लक्षण यसले देखाउँछ । यदि दिसा गर्ने बानीमा परिवर्तन भयो, कठिन भयो, पखला निरन्तर लागिरह्यो भने कोलोन क्यान्सरको लक्षण हुनसक्छ ।

अचानक तौल घट्नु

कहिले कहिं तौल घटबढ हुन्छ । खानपान, शारीरिक क्रिया आदिले गर्दा तौल घट्ने र बढ्ने हुनु स्वभाविक हो । तर, निरन्तर तौल घट्यो, त्यो पनि बिना कारण । यो राम्रो संकेत होइन । यसले संकेत गर्छ कि, क्यान्सरको लक्षण हुनसक्छ । खासगरी पेटको क्यान्सर ।

ज्वरो आउनु

लमो समयसम्म ज्वरो आयो भने त्यसले क्यान्सरको संकेत गर्छ । हुन त सामान्य अवस्थामा पनि कहिले कहि ज्वरो आउँछ । कुनै शारीरिक समस्यामा ज्वरो आउँछ । केहि दिनसम्म ज्वरो निको हुँदैन पनि । तर, त्यो क्रम निरन्तर लम्बियो भने चिन्ताको विषय हो । किनभने यसले रक्त क्यान्सरको संकेत गर्छ ।

पिसाबमा समस्या देखिनु

उमेर बढ्दै जाँदा प्रोस्टेट ग्ल्यान्ड बढ्छ । यसले गर्दा पटक पटक पिसाब लाग्छ । तर कहिले कहि यसले प्रोस्टेट क्यान्सरको संकेत पनि गर्छ ।

स्तनमा परिवर्तन हुनु

छातीको क्यान्सर महिलाको लागि सबैभन्दा बढी हुने र सताउनेमा पर्छ । विश्वमा धेरै महिला छातीको क्यान्सरले मर्छन् । यद्यपी यसले पुरुषलाई पनि सताउन सक्छ ।
यदि स्तनमा केहि परिवर्तन देखियो भने त्यसमा शंका गर्नुपर्छ ।

स्तनमा गाँठो आयो, निप्पलको रंग बदलियो, निप्पल चिलाउन थाल्यो भने परीक्षण गराउनु पर्छ । यद्यपी सबै अवस्थामा क्यान्सर नै हुन्छ भन्ने छैन । हर्मोनल परिवर्तनले पनि यस्तो समस्या ल्याउन सक्छ ।

 

Logo