गण्डकी। गण्डकी प्रदेशसभाले जनस्वास्थ्य सेवा सम्बन्धी विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा दफाबार छलफलपछि उक्त विधेयक पारित गरिएको हो। यसअघि विधेयकलाई सामाजिक विकास तथा कृषि समितिमा पठाइएको थियो र प्रतिवेदनसहित सभामा पेश गरिएको थियो।
स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा विभिन्न प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए।
बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस अधिवेशनमा समय अभावका कारण नयाँ विधेयक ल्याउन नसकिएको बताएका छन्। उनले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
शून्य समयमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा धारणा राखेका थिए।





























प्रतिक्रिया