लिंग परिवर्तनः केटीलाई केटा वा केटालाई केटी कसरी बनाइन्छ ? [ विस्तृतमा ]

लिंग परिवर्तनः केटीलाई केटा वा केटालाई केटी कसरी बनाइन्छ ? [ विस्तृतमा ]

केन्द्रबिन्दु
0
Shares

केटाको रुपमा जन्मिएका व्यक्ति कसरी केटी बन्छ ? वा केटीलाई कसरी केटा बनाइन्छ ?

मेडिकल साइन्सको सहयोगले पुरुष बन्न अलि गाह्रो छ । तर, महिला बन्न सजिलो छ ।

अढाई बर्षको अवधीमा चिकित्सकाले करिव ६ वटा शल्यक्रियाबाट लिंग परिवर्तन गरिदिन सक्छ । लिंग परिवर्तन प्रक्रियाको प्रारम्भमा आवश्यक्ता अनुरुपको (पुरुषलाई महिला/महिलालाई पुरुषको) हर्मोनको डोज दिन सुरु गरिन्छ । हर्मोनको निश्चित डोज दिएपछि शल्याक्रिया सुरु गरिन्छ ।

स्वंमलाई मानसिक रुपले तयार गर्ने

यदि आफुले लिंग बदल्न चाहेको हो भने, त्यसका लागि मानसिक रुपले क्रमस स्वंमलाई तयार गर्दै लानुपर्छ । जब आफु तयार भइन्छ, तब सोहि अनुसार वातावरण आफु अनुकुल बनाउ“दै लानुपर्छ ।

गुप्ताङ परिवर्तन गर्ने प्रक्रिया

कुनै पुरुषको गुप्ताङ महिलामा परिवर्तन गर्नु एक लामो प्रक्रिया हो । युरोपियन सोसाइटी अफ युरोलोजीले एक एनिमेशनको मद्दतले यस प्रक्रियाको बारेमा जानकारी दिएको थियो । जसमा कसरी लिंग बदलेर पुरुषको लिंगलाई महिलाको योनीको रुप दिइन्छ ।

शल्यक्रियाअघि केहि परीक्षण

जब शल्याक्रिया हुन्छ, पुरुषको लिंगको स्थानमा योनी बनाइन्छ वा योनीको स्थानमा लिंग । यसमा उनीहरुले यौन सन्तुष्टि प्राप्त गर्न सक्छन् । तर, यो शल्याक्रियाअघि उनीहरुको मनोवैज्ञानिक परीक्षण हुन्छ । साथै उनीहरुको स्वास्थ्यको पनि पुरै परीक्षण हुन्छ, ताकि शल्याक्रियापछि उनीहरु वास्तममै बद्लिन्छन कि बद्लिदैनन् भनेर । किनभने शल्याक्रियास“गै उनीहरु भौतिक रुपमा मात्र होइन, मानसिक हिसाबले पनि बदलिनुपर्छ ।

१८ महिनाको अभ्यास

आफ्नो लिंग बदलेर दोस्रो लिंगमा रुपान्तरण हुन चाहनेले सुरुमा विपरितलिंगीको संगत गर्नुपर्छ, १८ महिनासम्म । जस्तो कुनै पुरुष महिला बन्न चाहन्छन् भने, उसले १८ महिना महिलाको संगत गर्नुपर्छ । महिलाकै जीवनशैली अनुसरण गर्नुपर्छ । साथै हर्मोन थेरापी पनि गराउनुपर्छ ।

त्यसपछि खुट्टाको दुबैतर्फ चिरेर शल्यक्रिया गर्ने स्थान बनाइन्छ । अन्डाशय बाहिर निकालिन्छ । एवं प्रक्रियाले लिंगलाई योनीको आकारमा बदलिन्छ ।

लिंगको तीन किसिमको नसालाई अलग गरिन्छ । जस्तो कि जुन अंगले लिंगको महसुष गराउ“छ, जहा“बाट पिसाव र विर्य श्राव हुन्छ, ति सबैलाई अलग गरिन्छ । पिसाब उत्पादन हुने स्थानलाई छाडेर बा“की अंग काटिन्छ । लिंगलाई योनीको आकारमा बदलिन्छ र योनीद्वार बनाइन्छ ।

६ घण्टासम्मको शल्याक्रिया

यो शल्याक्रिया लगातार ६ घण्टासम्म चल्न सक्छ । अध्ययनहरुमा पाइएको छ कि, लिंग परिवर्तन पछि उनीहरु राम्रो यौन जीवन जीउन सक्छन् । जसरी पुरुषबाट महिलामा रुपान्तरण हुन्छन्, उसैगरी महिलालाई पनि पुरुष बनाइन्छ ।

Logo