सावधान ! दुध पिउनुअघि थाहा पाउनुहोस् यी कुरा

सावधान ! दुध पिउनुअघि थाहा पाउनुहोस् यी कुरा

केन्द्रबिन्दु
0
Shares

गाईको दुध अमृत बराबर मान्ने गरिन्छ । दुध पोषिलो हुने भएकाले अनिवार्य दुध पिउनुपर्छ भन्ने धारणा पनि छ । गाईको दुध र त्यसबाट बन्ने परिकारलाई शुद्ध, पोषिलो र दोषरहित मान्ने गरिएको छ ।

तर दुधको गुण मात्र रहेनछ । दुध सेवन गर्दा फाइदा मात्र हुदैन रहेछ । दुधले हानी पनि गर्ने रहेछ । जर्मनी र न्यूजील्यान्डमा भएको अध्ययनपछि बैज्ञानिकले यो दावी गरेका छन् कि, दुध हानिकारक पनि हुनसक्छ ।

सबै गाईको दुध फाइदाजक हुादैन । गाइको दुध दुई प्रकारको हुन्छ, ए वान र ए टु । जर्मनी, न्यूजील्यान्डमा भएको सोधले सावित गरेको छ कि गाइको ए टू दुध गुणकारी हुन्छ ए वान दुधले भने हानी गर्न सक्छ ।

विदेशी गाइबाट मिल्ने दुध ए वान हो । यस दुधमा बीसीएम ७ तत्व हुन्छ, जसले प्रतिरोधात्मक क्षमता घटाउाछ । लोकल गाइको दुध ए टु हुन्छ, यो स्वास्थ्यका लागि फाइदाजक मानिन्छ ।

डेविल इन द मिल्क नामक पुस्तकमा उल्लेख भए अनुसार बीसीएम ७ कम्पाउन्ड तत्व रगतमा घोलिएपछि त्यो दिमागमा पुग्छ । यसले केहि गंभिर रोग ल्याउन सक्छ ।

Logo