नर्भिक अस्पतालमा अत्याधुनिक एम.आर.आई. र सी.टी स्क्यान

नर्भिक अस्पतालमा अत्याधुनिक एम.आर.आई. र सी.टी स्क्यान

केन्द्रबिन्दु
0
Shares

नर्भिक इन्टरनेशनल हस्पिटलले नयाँ रोगको थप उपचारको लागि अत्याधुनिक सुविधासम्पन्न प्रविधि सहितको उपकरणहरु भित्र्याएको छ । नव जडित उक्त उपकरणहरुको समुद्घाटन एक विशेष समारोहबीच पूर्व युवराज्ञी हिमानी शाहले गरेकी हुन् ।

हस्पिटलले आफ्नो विद्यमान निदानात्मक सेवामा थप अत्याधुनिक सुविधासम्पन्न बनाउन प्रविधिसम्पन्न ३ टेस्ला एम.आर.आई. र विश्वकै उत्कृष्ट मध्येको एक अत्याधुनिक प्रविधिसम्पन्न १ सय २८ स्लाइस सी.टी. स्क्यान मेसिन थप गरेको हो । उक्त प्रविधिसम्पन्न उपकरणहरु थपिए पश्चात् नर्भिक हस्पिटलले आफूलाई पूर्णतया न्युक्लिएर मेडिसिन सेन्टरका रुपमा परिणत गर्न सफल भएको देखिन्छ ।

अप्रिय÷डरलाग्दो आवाज र झन्झनाहट नै एम.आर.आई. गराउने तमाम बिरामीहरूले भोग्दै आएको समस्या हो । यसखाले एम.आर.आई.को सुरुङ्गभित्र झन्झनाहट र अप्रिय आवाजको सट्टा सुमधुर सङ्गीत र मनमोहक भिडियो (श्रब्य–दृश्य) प्रणाली हुनु र यसखाले समस्या रहित विश्वकै पहिलो एम.आर.आई. भएका कारण बिरामीले त्यस्ता समस्या भोग्नुपर्ने वा डराउनुपर्ने समस्या अब छैन ।

यसमा निरन्तर श्रब्य–दृश्य हुने भएको हुँदा एम.आर.आई. गराउने बिरामीलाई डरको सट्टा मनोरञ्जन दिने र तिनले आफ्नो छनौटको सङ्गीत वा भिडियो हेर्न मिल्ने विशेषता रहेका छन् । यो प्रणालीमा सामान्य एम.आर.आई.मा उत्पन्न अप्रिय ध्वनि भन्दा झण्डै ८० प्रतिशत कम आवाज उत्पन्न हुनेहुँदा बिरामीलाई कुनै किसिमको डर नहुने हस्पिटलका नायव महाप्रबन्धक आर. पी. मैनालीले बताए ।

नर्भिक हस्पिटलकी प्रबन्ध निर्देशक श्रीमती मेघा चौधरी शाक्यले हस्पिटल आगामी पाँचवर्षभित्र थप सेवा सुविधा सम्पन्न गर्ने विविध सेवा विस्तार योजना बारे प्रकाश पारेकीि थिइन् । त्यसैगरि हस्पिटलका स्नायुरोग विशेषज्ञ तथा चिकित्सा निर्देशक डा. पङ्कज जलानले अत्याधुनिक एम.आर.आई. तथा सी.टी. स्क्यान सेवाको अत्याधुनिक एवम् वैज्ञानिक विशेषता बारे जानकारी गराएका थिए ।

“नर्भिक प्रिभिलेज डेविट कार्ड” प्राप्त गर्नेलाई नर्भिकले विविध स्वास्थ्य परीक्षण प्याकेजहरू, रेडियोलोजी सेवा, प्रयोगशाला सेवा, शल्यक्रिया तथा अन्य प्रक्रियाहरू, नन्–इन्भेसिभ कार्डियोलोजी सेवा, सी.टी. ÷ एम.आर.आई. र म्यामोग्राम सेवा तथा शुल्कमा छुट समेत उपलब्ध गराउने हस्पिटलले जनाएको छ ।

 

Logo