समय अपुग हुने डरले होस् या सुरुदेखिको बानी नै किन नहोस् हामीमध्ये धेरैको बानी हतार हतार खाने हुन्छ ।

एउटा नयाँ शोध अनुसार छिटो छिटो खाना खानाले मोटोपना बढ्ने बताएको छ । "/>

हतार–हतार खाना खानु कति हानिकारक ?

हतार–हतार खाना खानु कति हानिकारक ?

केन्द्रबिन्दु
0
Shares

समय अपुग हुने डरले होस् या सुरुदेखिको बानी नै किन नहोस् हामीमध्ये धेरैको बानी हतार हतार खाने हुन्छ ।

एउटा नयाँ शोध अनुसार छिटो छिटो खाना खानाले मोटोपना बढ्ने बताएको छ ।

छिटोछिटो खानेकुरा खाँदा त्यो राम्ररी पच्न पाउँदैन । साथै सोधमा भनिएको छ, खाएको खानालाई शक्तिमा परिणत गर्ने मेटाबोलिक क्षमतामा ह«ास आउन सक्छ ।

मेटाबोलिक क्षमतामा ह्रास आएमा मधुमेह हुने, मोटापना, मुटु रोग पैदा हुने खतरा हुन्छ ।

हतारहतार तथा छिटो छिटो खाना खाँदा शरीरको व्लड सुगरको लेभलमा अचानक तथा लगातार उतारचढाव हुन्छ, जसका कारण इन्सुलिन कम हुने सम्भावना बढेर जान्छ ।

छिटोछिटो खाना खानुहुन्छ र खाएको खाना नचपाई खानु हुन्छ भने तपाईलाई छातीपोल्ने वा एसिडिटीको समस्या हुनसक्छ । किनकी नपाईकन खाना खानाले पाचनको समस्या उत्पन्न हुन्छ ।

जबकी त्यही खानेकुरा चपाएर विस्तारै खादा खाएको खाना सजिलै पच्छ र एसिडिटी हुन पाउदैन ।

खानालाई नचपाइकन सिधै निलेमा त्यस्ता खानेकुरा पच्न समय लाग्छ । साथै खानामा पाइने भिटामिन, मिनरल्स , एमिनो एसिड लगायतका तत्वलाई शरीरले अवशोषित गर्न सक्दैन ।

त्यसैले खानेकुरा सेवन गर्दा विस्तारै चपाई चपाई खानुपर्छ भनिएको छ । यसले गर्दा धेरै किसिमको लाभ मिल्छ ।

– आरामसित बसेर खाना खानाले सम्पूर्ण स्वास्थ्य ठीक रहनुका साथै अधिक मात्रामा खाने इच्छा समेत कम भएर जान्छ ।

– विस्तारै खानाले खाएको खाना राम्ररी पच्ने हुदाँ शरीरले पर्याप्त मात्रामा पौष्टिक तत्व समेत प्राप्त गर्ने गर्छ ।

– विस्तारै विस्तारै भोजन गर्नाले खानाको इच्छा कम भएर जान्छ ।

– पाएर खाएको खाना सजिलै पच्छ ।

– खानेकुरा चपाएर खानाले तथा विस्तारै खानाले अतिरिक्त खानाबाट बच्न सकिन्छ ।

Logo