यी सातमा कुनै एक समस्या भए, भुलेर पनि पिउन हुन्न यस्तो दूध

यी सातमा कुनै एक समस्या भए, भुलेर पनि पिउन हुन्न यस्तो दूध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ६ पुस ।

दूध पिउनु स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक मानिन्छ । अझ दूधमा बेसार मिसाएर सेवन गर्दा त्यसले दोब्बर फाइदा दिन्छ । अहिले शहरी क्षेत्रमा दूधमा बेसार मिश्रण गरेर पिउने चलन छ ।

तर दूध र बेसारको मिश्रण सबै अवस्थामा पिउनु लाभदायक हुँदैन । लाभदायक नहुने मात्र होइन, हानिकारक हुनसक्छ । यदि त्यस्तो अवस्थामा दूध र बेसारको घोल पिइयो भने शरीरमा केही समस्या पनि निम्त्याउँछ ।

बेसार मिसाएको दूध पिउँदा त्यसले रगत पातलो बनाउँछ । त्यसैले दूधसँग सम्बन्धित डिसअर्डरमा यो पिउनु हुँदैन । त्यसबाहेक अन्य समस्यामा पनि दूध र बेसार पिउनु हुँदैन ।

ग्यास्ट्रिक तथा एसिडिटी

बेसार र दूधको मिश्रण ग्यास्ट्रिक र एसिडिटीको समस्या बढाउने कारण बन्छ । साथै एसिडिटीको औषधीको असर पनि यसले कम गराइदिन्छ ।

कलेजको समस्यामा
बेसारवाला दूध पिउँदा कलेजोलाई बढी समस्या आउँछ । त्यसैले कलेजोको रोगीले यसलाई अबोइड गर्नुपर्छ ।

एनिमिया
बेसारयुक्त दूध पिउँदा शरीरले आइरन बढी लिन्छ । यसले एनिमियाको समस्या थप बढाइदिन्छ ।

न्युन बिपी
बेसार मिसाइएको दूध न्युन रक्तचाप भएकाले पिउनु हुँदैन । यदि बिपी लो हुने समस्या छ भने यस्तो दूध सेवन नगरौं ।

मधुमेहको रोगीले
मधुमेहको रोगीले पनि बेसारयुक्त दूध पिउनुअघि चिकित्सकको सल्लाह लिनुपर्छ । बेसारयुक्त दूधले सुगर लो गर्न सक्छ । (एजेन्सीको सहयोगमा)

Logo