सावधान ! यस्तो रोगले लिन्छ ज्यान

सावधान ! यस्तो रोगले लिन्छ ज्यान

केन्द्रबिन्दु
0
Shares

मुटु हाम्रो संवेदनशील अंग हो । यदि मुटुमा समस्या उत्पन्न भयो भने त्यो भयानक हुनसक्छ । मुटुमा समस्या ल्याउने कारक हो, कोलेस्ट्रोल । कोलेस्ट्रोलले मुटुको धमनीलाई असर पुर्याएर मुटुको कार्यलाई बाधा उत्पन्न गराइदिन्छ ।

यसले धेरै किसिमका रोग ल्याउँछ । रगतमा कोलेस्ट्रोल बढेपछि पथरी रोग, हृदय रोग, उच्च रक्तचाप आदि हुनसक्छ । मुटुमा असर, मृगौलामा क्षति पुग्न सक्छ, थाइराइड जस्ता रोग पनि कोलेस्ट्रोलको वृद्धिले निम्त्याउँछ ।

कोलेस्ट्रोल बढ्नुका केही कारण छन् । जस्तो, कोलेस्ट्रोल बढ्ने खाना अर्थात् बोसोयुक्त खाद्य पदार्थको अधिक तथा लगातार सेवन । मोटाबलिक सिस्टम जब एलडीएलको मात्रा पर्याप्त रुपमा रगतबाट बाहिर निस्कन पाउँदैन, तब रगतमा एलडीएलको स्तर बढ्छ । जब कलेजोले कोलेस्ट्रोल अधिक मात्रामा उत्पादन गर्छ ।

यसरी थाहा पाउन सकिन्छ
कोलेस्ट्रोल बढेपछि थकान, कमजोरी महसुस हुन्छ । सास फेर्न गाह्रो हुन्छ । धेरै पसिना आउँछ । सुत्न गाह्रो हुन्छ । बेचैनी अनुभव हुन्छ ।

कसरी कोलेस्ट्रोल नियन्त्रण गर्ने ?
आफ्नो खानामा धेरैजसो मौसमी फल र सब्जी सामेल गरौं । सुन्तलाको जुस एकदमै फाइदाजनक हुन्छ, यसमा भरपुर मात्रामा क्याल्सियम पाइन्छ । जीरो कोलेस्ट्रोलयुक्त पदार्थ सेवन गरौं । जस्तो– ताजा फल, सब्जी, फाइबरयुक्त पदार्थ । बिहानको नास्तामा कर्नफ्लेक्स जस्ता खानेकुरा फाइदाजनक हुन्छ । रातो मासु सेवन नगरौं । दूध, घिउ, क्रिमदेखि आइसक्रिमसम्म सेवन नगर्नु राम्रो हो । चुरोट, रक्सीको सेवन गर्दै नगरौं ।

औषधीका साथै केही सावधानी वा खानपानमा सुधार ल्याएर पनि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ । किनभने गलत खानपान र रहनसहनले नै उच्च कोलेस्ट्रोलको समस्या पैदा हुने हो । चिकित्सकको सल्लाह अनुसार खानपान र जीवनशैलीमा परिवर्तन गर्ने । शरीरको तौल बढ्न नदिने, अतिरिक्त क्यालोरी बर्न गर्ने । धेरैभन्दा धेरै पैदल हिँड्ने गरौं । नियमित व्यायम गरौं । जगिङ, डान्सिङ, एरोबिक्स, स्विमिङ धेरै लाभदायक हुन्छ । त्यस्तो खानेकुरा सेवन गरौ, जसमा कोलेस्ट्रोलको मात्रा कम होस् ।

घरेलु विधि
– १ कप तातो पानीमा एक–एक चम्चा मह र कागतीको रस मिसाएर बिहान नियमित रुपले पिउने गर्नुपर्छ, कोलेस्ट्रोल प्राकृतिक रुपले नियन्त्रण हुन्छ ।
– १ गिलास पानीमा २ ठूलो चम्चा धनियाँ उमाल्ने, चिसो भएपछि त्यसलाई छान्ने र पिउने ।
– प्याजको रस पनि फाइदाजनक हुन्छ । यसले रगत पनि सफा गर्छ ।
– भिटामिन–ई पाइने खानेकुरा सेवन गरौ ।
– भिटामिन–बी ६ पनि लिन सकिन्छ ।
– नियमित रुपमा लसुन सेवन गर्न सकिन्छ ।

 

Logo