काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । आज ३ हजार ५१ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ४३० छ ।
आजको पिसिआर परीक्षण १३ हजार ६८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ७ हजार १९० रहेको छ । आज ३६ हजार ५१४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया