काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १२३ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार २६३, भक्तपुरमा ९ हजार २१० र ललितपुरका १५ हजार ९९७ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ४७० जना पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ जना पुगेको छ । आज २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।
पछिल्लो २४ घण्टामा २९६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ३६५ पुगेको छ । आज पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।
नेपालमा हालसम्म २० लाख ६० हजार ८६० जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ७९१ जनाको परीक्षण गरिएको छ।





























प्रतिक्रिया