काभ्रे ।
काभ्रेमा आज ५४ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ३८ जना निको भएका छन् ।
सोमबार ९० जना थपिएका थिए भने ७७ जना निको भएका थिए । आइतबार १३ जना थपिएका थिए भने ३७ जना निको भएका थिए । शनिबार ६४ जना थपिएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ८२९ पुगेको छ । संक्रमित मध्ये १ हजार २६४ जना निको भएका छन् । जिल्लामा ३५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट २६, धुलिखेलका ११, पनौतीका ८, नमोबुद्धका २, मण्डनदेउपुरका ४, रोशीका १, पनौतीका ६ र पाँचखालका ४ जना छन् । आज जिल्लामा २ जनाको मृत्यु भएको छ । मण्डनदेउपुरका २५ वर्षिया महिला र धुलिखेलका ७९ वर्षिय पुरुषको आज मृत्यु भएको छ ।






























प्रतिक्रिया