नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, आज २० जना थपिए

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो, आज २० जना थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । आज मात्र २० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ । आज निको हुनेको संख्या ३ हजार १४२ छ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । आज ३ हजार ११४ जना नयाँ संक्रमित थपिएका छन् ।
आजको पिसिआर परीक्षण ११ हजार १६६ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १४ लाख ८० हजार ९७८ रहेको छ । आज ३७ हजार ४७६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo