पहिलो शारीरिक सम्बन्ध कति वर्षमा ?

पहिलो शारीरिक सम्बन्ध कति वर्षमा ?

केन्द्रबिन्दु
0
Shares

लन्डन, ८ कात्तिक ।

यौन, मानवीय व्यवहार हो । यो नियन्त्रण बाहिरको कुरा हो । यद्यपि यसको निश्चित उमेर वा अवधि भने छ । जस्तो, पहिलो पटक सम्भोग कुन उमेरमा गर्ने ?

सामाजिक दृष्टिले हेर्ने हो भने विवाहपछि संभोग गर्नुपर्छ । विवाहको उमेर २० वर्षपछि भनिएको छ । यस हिसाबले २० वर्षअघि गरिएको यौन सम्बन्ध सामाजिक रुपले त्यति सुपाच्य मानिँदैन ।

तर अहिले अवस्था त्यस्तो छैन । पछिल्लो दशकमा पहिलो पटक संभोग गर्ने औसत उमेरमा गिरावट आएको छ । हालको यो आँकडा विभिन्न देश र लाइफस्टाइलमा निर्भर छ ।

जीवनभर संभोग नगर्ने पुरुष र महिलाको संख्या अत्यधिक कम भैसकेको छ । बेलायतमा गरिएको एक अध्ययन अनुसार त्यहाँ पहिलो पटक संभोग गर्ने उमेर २५ वर्षबाट घटेर १६ एवं १५ मा पुगेको छ । अधिकांश टिनएजर्स १५ वर्षको उमेरमै संभोग गरिसक्ने सोधको क्रममा थाहा भएको छ । दु:खको कुरा, अधिकांश टिनएजर्सले अज्ञानतावश कन्डोमको प्रयोग नगर्ने पाइएको छ ।

विज्ञहरुका अनुसार, टिनएजर्समा यौनजन्य रोग र यौन अपराधको सम्वन्धमा जानकारी नहुनाले संभोग गर्ने उमेरमा गिरावट आएको हो । उनीहरुले संचार माध्यममा कन्डोम र आइपिल्सका बारेमा खुलेर प्रचार गर्नुलाई पनि गलत भनेका छन् । किनभने कन्डोम र आइपिल्सका बारेमा जानकारी भैसकेपछि टिनएजर्स निर्धक्क यौनजन्य गतिविधिमा सरिक हुने गर्छन् । (एजेन्सी)

 

Logo